गृहपृष्ठ भड्काउ जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही
भड्काउ जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही
भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको सुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगाे सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ । प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लंघनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड-अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लंघन भएको पाइएको छ ।
आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।
प्रकाशित समय : २१:१७ बजे



















