एनसेलका पाँच नयाँ अफर सार्वजनिक
वि.सं.२०७८ वैशाख २४ शुक्रवार १७:३३
shares

एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ । सञ्चार सेवामा पहुँच सदैव अत्यावश्यक छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामा निर्वाध पहुँच झनै महत्वपूर्ण हुन्छ । प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्दछ । कोरोनाभाइरस रोगबाट बच्न अहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायम गर्दै भीडभाडबाट टाढा रहनु आवश्यक छ । यी ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालिन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।
प्रत्येक रिचार्जमा बोनस डेटा
यस अफरअन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १०० देखि १९९ रुपैयाँ, २०० रुपैयाँदेखि २९९ रुपैयाँ, ३०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी ५०० रुपैयाँदेखि ९९९रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबीबोनस डेटा तथा १००० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
३० दिने डेटा प्याकमा डबल डेटा
मंगलबार (वैशाख २१) बाट सञ्चालनमा आएको यस अफरअन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले करसहित २४९ रुपैयाँमा ३.५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात् कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबीबोनस गरी कुल १२ जीबी, ४९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।
वर्क फ्रमहोम अफर
यस विपद्को घडीमा कार्यलयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिकतथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहितमात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १५० एमबीअल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र १२७ रुपैयाँमा १४ जीबीएप डेटा तथा ३ जिबीअल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वर्क फ्रमहोम अफरअन्तर्गतका प्याक आफ्नो आवश्यकताअनुसार रोज्न सक्छन् । प्याकअन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्नेछ ।
डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस
तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा लागू भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेलएप, च्याटबोट र वेभसाइटमार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभलिन सक्छन् । १ दिनको प्याक (१८रुपैयाँ), ७ दिनको प्याक (९८रुपैयाँ ), १४ दिनको प्याक (१३९ रुपैयाँ) खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजाप्याकअन्तर्गत ७ दिनको प्याक (१०९ रुपैयाँ), १० दिनको प्याक (१४७ रुपैयाँ) र ३० दिनको प्याक (४५९ रुपैयाँ) को खरिदमा ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनसको फाइदा लिन सकिन्छ ।
एनसेल सापटीमा विभिन्न सुविधा : एनसेल
यस कठिन परिस्थितिमा ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । यो योजना लागू भएसँगै ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटीअन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा शुल्क, सेवा शुल्क र करसहित ८२.५५ रुपैयाँपछि रिचार्ज गरी तिर्न सक्छन् । सापटी सेवामै ग्राहकले १ दिनको समयसिमा रहेको १५ मिनेटको टक टाइम कुल १२.५५ रुपैयाँमा र २०० एमबी डेटा २२.५५ रुपैयाँ लिन सक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी सापटी लिन सक्छन् ।

























