गृहपृष्ठ १७५ प्रतिशतले बढ्यो एनएमबी लघुवित्तको नाफा
१७५ प्रतिशतले बढ्यो एनएमबी लघुवित्तको नाफा
एनएमबी लघुवित्तको नाफा १७५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सो लघुवित्तको नाफा १७५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालू आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।
लघुवित्तको पूँजी ३३ प्रतिशतले बढेको छ भने प्रतिसेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ छ । लघुवित्तको खुद ब्याज आम्दानी ९२ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ७५ प्रतिशतले बढेको छ ।
प्रकाशित समय : १४:२२ बजे


















