गृहपृष्ठ माइतीघरमा प्रचण्ड-माधव समूहका सांसदको प्रदर्शन
माइतीघरमा प्रचण्ड-माधव समूहका सांसदको प्रदर्शन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघरबाट आन्दोलन सुरु गरेको छ । शुक्रबार बिहान ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित वरिष्ठ नेता झलनाथ खनाललगायतका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने नेकपाका नेताहरूले बताइरहेका छन् ।
आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । आज संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुने भएको छ । नेकपाको बिहीबार बसेको बैठकले आजबाट दैनिक रूपमा विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।
प्रकाशित समय : १७:१२ बजे

















