काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

10.67K
shares

विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । नवलपरासी (पूर्व)को बिनयी त्रिवेणीस्थित भित्री सडकमा लु.३ त १२७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ कुडिया बस्ने २२ वर्षीय मुकेश हरिजनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवा चोकमा लु.१ ख ६०६४ नम्बरको टिपरले लु.१ ख ९६८५, लु.१ ख ५७८८ नम्बरको बस र लु.२ च ७०१२ नम्बरको बलेरोलाई आइतबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा लु.१ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा नगरपालिका-१५ बस्ने ८ वर्षीया जमुना हरिजन र ८ वर्षीया गंगा हरिजन रहेका छन् । जमुनाको घटनास्थलमै तथा गंगाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो  । दुर्घटनामा घाइते भएका लु.१ ख ९६८५ नम्बरको बसमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने घाइते भएका टिपर चालक २९ वर्षीय बलिराम पासीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । दुवै बस चालक र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

धनुषाको मिथिला नगरपालिका-८ कुसुम बिसौनास्थित सडकमा प्र.२-०२-००२ प ६०२६ र प्र.२-०२-००३ प २८७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  प्र.२-०२-००२ प ६०२६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय भोला भन्ने अमरनाथ महतो र प्र.२-०२-००३ प २८७७ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-०२-००३ प २८७७ नम्बरको मोटरसाइकल सवार सोही ठाउँ बस्ने २५ वर्षीय सन्तोष कुमार महतोको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

त्यस्तै चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकमा ग.१ ख २९५९ नम्बरको माइक्रो र बा.६९ प ६०६९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मोटरसाइकल एनएल ०१३०९१ नम्बरको भारतीय ट्रकमा समेत ठोकिँदा मोटरसाइकल चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने २५ वर्षीय झलकबहादुर श्रेष्ठको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक र माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।