काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टाढा भएर के भो ?

19.89K
shares

प्रत्येक माटोको ढुकढुकीसँग
मेरो प्रीत जोडिएको छ
प्रत्येक माटोको
कण कणसँग
मेरो सजिव आत्मा
गाँसिएको छ
खेतका सुन्दर नागबेली परेका
कान्ला कान्लामा
मेरो प्राचीन नाता अद्यावधि
सुरक्षित छ ।
म त्यो हरियालीमा रमाउँछु
जहाँ मेरो अत्यन्त खुशीको
मुस्कान देखिन्छ
ती हरिया डाँडा
सदावहार वृक्षहरु, लताहरु
मेरो सम्झनामा
पुलकित भएर
हल्लिरहेको
म आज पनि महसुस गर्दछु
वनका पशुपन्छी
पोथ्रासँगको रसिलो प्रीत
आज पनि आँखाअगाडि
झुम्दैछ
ती कञ्चन झरना
नदीको कल कल ध्वनी
अनि तलाउको मत्स्य नृत्यको
चपलता
आज पनि मेरो
आँखाका नानीमा
घुमिरहेका छन्
बिहानीको उषाकिरणसँगै
मन्दिरको घण्टीको
मधुर ध्वनिले
आज पनि मलाई
उठ्न संकेत गर्दछ
मेरा आनन्द र आस्थाका प्रतीक
ती मन्दिरहरु सदा मेरो
मेतो हृदय मन मन मस्तिष्कलाई
जागरण दिरहन्छ
यसै प्रतिको अगाध
बिश्वास श्रद्धा र भक्तिले
मलाई मेरो जन्मस्थान
दिनहुँ पुर्याएको हुन्छ
त्यसको प्रत्येक कण कणमा
म त्यही रसिएको छु
अनि मेरो शरीर
टाढा भएर के भो ?
म सदा त्यही छु
म सदा त्यही छु ।

गंगा लिगल
जन्मस्थान : तानसेन, पाल्पा 
हाल : सिद्धार्थनगर, भैरहवा