काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एएफसी कप : बेंगलुरुसँग आर्मीको फराकिलो पराजय

17.81K
shares

एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबले भारतको बेंगलुरु एफसीसँग फराकिलो पराजय व्यहोरेको छ । गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको हाे । हारसँगै आर्मीको प्ले अफको अर्को चरणमा पुग्ने सपना सकिएको छ ।

पहिलो हाफमा घरेलु टिमसँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा लगातार गोल व्यहोर्‍यो । बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २/२ र थप एक गाेल सुनिल क्षेत्रीले गरे । बेंगलुरूका लागि राहुलले ५१औं र ६५औं, सुनिलले ५२औं, सिल्भाले ६१औं र ६३औं मिनेटमा गाेल गरे ।

अब बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ । पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ ले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो । लिग च्याम्पियन मछिन्द्रको लाइसेन्स नभएकाे अवस्थामा एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलोपटक एएफसीको प्रतियोगिता खेलेको हो ।