Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

भेष्पा हन्ड्रेड कस्टुमर रिक्रिएसनल राइड सम्पन्न

न्युज कारोबार काठमाडौं चैत २७, २०७७       

भेष्पा हन्ड्रेड कस्टुमर रिक्रिएसनल राइड सम्पन्न

भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले शनिबार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटेबीच '१०० Customer भच सम्म रिक्रियसन राइडआयोजना गरेको थियो ।

ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए । ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।

भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटेबीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल गेम हरु पनि खेलाएको थियो । जसमा 3 Leg Game, Rope Pulling, Carry your Partner Race, Volleyball game, Communication Gap गेम थियो ।

विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए ।

सम्बन्धित खबरहरु