Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

साओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा

प्रमुख सहरहरुमा सर्भिस सेन्टरद्वारा आफ्टर सेल्स सर्भिस नेटवर्क प्रभावशाली बनाउँदै

न्युज कारोबार काठमाडौं चैत २५, २०७७       

साओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा

साओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा सञ्चालनमा ल्याइएको हो ।

साओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी, धनगडी र काठमाडौंमा अवस्थित छन् । ब्राण्डको रुपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ । नेपालमा आफ्टर सेल्स सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, 'साओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्‍याउन केन्द्रित छौं । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो । हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।'

बुटवलको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै साओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउनेछ ।' यी सर्भिस सेन्टरहरू सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टर्नआराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यो सर्भिस सेन्टर उद्घाटन अवसरमा साओमी नेपालले साओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निःशुल्क सर्भिसिङ प्रदान गर्नेछ ।

सम्बन्धित खबरहरु