काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साढे दुई करोडको पहुँचमा इन्टरनेट

16.76K
shares

नेपालमा साढे दुई करोड जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्यांकअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । कूल जनसंख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । एक करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ छन् ।

फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडिएसएलका आठ लाख ३७ हजार र एफटिटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार छन् ।