Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

हुन्डाईको 'नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' योजना सार्वजनिक

न्युज कारोबार काठमाडौं चैत १९, २०७७       

हुन्डाईको 'नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' योजना सार्वजनिक

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना 'यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं' सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ ।

यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट प्राप्त गर्न सकिनेछ । त्यस्तै १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्न सकिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित खबरहरु