गृहपृष्ठ सूर्यविनायकमा अग्नि ग्रुपको सर्भिस सेन्टर सञ्चालनमा
सूर्यविनायकमा अग्नि ग्रुपको सर्भिस सेन्टर सञ्चालनमा
महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले सूर्यविनायक–१०, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।
कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत सुसज्जित डिलर हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नेपाली नायिका अदिती बुढाथोकी र जगाती परिसरका डीएसपी राजेश थापालगायतको उपस्थितिमा उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १६:१३ बजे


















