global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलमा पाँच सय रूपैयाँले वृद्धि भएको सुन सोमबार एक सय रूपैयाँ वृद्धि भएको हो । आज छापावाला सुन तोलाको ८६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारको लागि छापावाल सुनको मूल्य ८६ हजार एक सय रूपैयाँ तोकिएको थियो । त्यस्तै सोमबार तेजाबी सुन तोलामा एक सय रूपैयाँ बढेर ८५ हजार ७ सय ५० रूपैयाँमा  कारोबार भइरहेको छ । 

आइतबार स्थिर चाँदीको मूल्य सोमबार भने १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी तोलामा एक हजार २ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु