global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डलाई दलको नेता बनाएको पत्र दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

प्रचण्डलाई दलको नेता बनाएको पत्र दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

प्रचण्डलाई दलको नेता बनाएको पत्र दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बनाएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले कानुनी परामर्श लिएपछि मात्रै पत्र दर्ताका विषयमा अघि बढ्ने बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षको पत्र महासचिव गाैतमले लिएर राखे पनि दर्ताको प्रक्रिया बढाएका छैनन् । महासचिव गाैतमले दर्ता प्रक्रिया बुझेपछि मात्रै जवाफ दिने बताएका छन् । प्रचण्ड-नेपाल पक्षका सांसदहरूले पत्र दर्ता नगर्नुको कारण लिखित रूपमै दिन माग गरेका छन् ।

दलका नेता परिवर्तनबारे सूचना दिन प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् । प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु