global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । 
यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 'तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो,' उनले भने । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।
 

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु