global ime bank Long Banner Ad

गृहपृष्ठ औषधि विभागका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

औषधि विभागका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

औषधि विभागका अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । 

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर ३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

कारबाहीमा परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ । करारका कर्मचारी सुवेदी डेढ वर्षअघि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

प्रकाशित समय : १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु