global ime bank Long Banner Ad

गृहपृष्ठ घरबहाल करमा काठमाडौँ महानगरको फड्को

घरबहाल करमा काठमाडौँ महानगरको फड्को

घरबहाल करमा काठमाडौँ महानगरको फड्को

स्थानीय तह गठन हुनअघि काठमाडँ महानगरपालिकाले उठाउने घरबहाल करको हिस्सा निकै सानो थियो । स्थानीय तहमा जनप्रतिनिधि उनुअघि वार्षिक एक‑दु करोड घरबहाल करमा महानगरपालिका चित्त बुझाउँदै थियो । जनप्रतिनिधि एपछि घरबहाल करमा उच्च वृद्धि भएको छ ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि चालू आव २०७७/७८ को पुससम्ममा ३ अर्ब ९४ करोड ३४ लाख १४ हजार २ सय रुपैयाँ घरबहाल कर उठाएको छ । महानगरपालिकाले आव २०७४/७५ मा ५६ करोड ३५ लाख ८ हजार २ सय ७५ रुपैयाँ घरबहाल कर उठायो । लक्षित रकम २ अर्बको यो २८.१७ प्रतिशत हो ।

पहिलो वर्ष लक्ष्यभन्दा थोरै मात्र कर उठेपछि दोस्रो वर्ष महानगरले पहिलाको लक्ष्य कायम राख्यो । दोस्रो वर्ष वर्ष पनि लक्ष्यको ६६.८८ प्रतिशत मात्र अर्थात १ अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ रुपैयाँ संकलन भयो । महानगरले तेस्रो वर्ष पनि लक्ष्य बढाउन सकेन । व २०७६/७७ मा भने लक्ष्यको ७४.४४ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ८९ लाख ९७ हजार २७० रुपैयाँ घरबहार कर उठेको महानगरपालिकाले जनाएको छ ।

चालू वमा भने महानगरले घरबहाल कर संकलन लक्ष्य घटायो । कोभिड‑१९ प्रभावका कारण महानगरले लक्ष्य १ अर्ब ५० करोडमा सीमित गरेको जनाएको छ । पुससम्ममा ५५ करोड ३१ लाख ९५ हजार ९७४ रुपैयाँ घरबहाल कर संकलन भइसकेको छ ।

महानगरसँग तथ्यांक नै छैन

जनप्रतिनिधिले गर्नैपर्ने काम भने गरेका छैनन् । काठमाडँ महानगरपालिकाले जनप्रतिनिधि पाएको तीन वर्ष पूरा भइसक्दा पनि महानगरभित्र कति घर छन् भन्ने थाहै छैन । सडक र पार्क बनाउन ध्यान दिएका उनीहरूले नगर प्रोफाइलला प्राथमिकतामा नराख्दा फैँ कुहिरोको काग बनिरहेका छन् ।

हालसम्म पनि महानगरको वडा प्रोफाइलमा सन् २००१ को तथ्यांक राखिएको छ । घर संख्याबारे जानकारी लिन महानगरका जनप्रतिनिधि अनुमानित तथ्यांक प्रस्तुत गर्छन् । काठमाडँ महानगरपालिकाका प्रवक्ता श्वरमान डंगोलले महानगरभित्र तीनदेखि चार लाख घर भएको अनुमान गरे अर्थात् महानगरपालिका अनुमानित संख्याभित्र पर्ने एक लाख घरको भ्यालु नजरअन्दाज गरिरहेको छ ।

त्यसमा पनि करिब ५० प्रतिशतले मात्र घरबहाल कर तिर्ने गरेको प्रवक्ता डंगोलको अनुमान छ । महानगरभित्र कति घरमा व्यवसाय छन् र कति घरमा घरधनीमात्र बस्छन् र कति घरमा अरु परिवार पनि बस्छन्, यसको तथ्यांकका बारेमा त महानगर पुरै अनभिज्ञ छ ।

तथ्यांककै अभावमा महानगरपालिकाले तीन वर्षको अवधिमा घरधनी र बहालमा बस्नेबीच सम्झता गराउनसमेत सकेको छैन । यकिन घर संख्या लिएर सम्झता गराउन सके सबै घरधनी कानुनी दायरामा उन सक्छन् र घरबहाल कर पनि शतप्रतिशत उठ्छ । घरधनी र भाडामा बस्नेबीच लिखित सहमति नहुने भएकाले पनि कर उठाउन समस्या भएको भन्दै प्रवक्ता डंगोल स्वयं निरीहता प्रकट गर्छन् । ‘दुई पक्षबीच मौखिम सम्झौताअनुसार भाडा लिने-दिने हुन्छ, भाडामा कहिलेसम्म बसिरहने भन्ने कुनै ठेगान हुँदैन, बसाइ पनि अस्थायी हुन्छ । यो मुख्य कारण हो,’ उनी भन्छन् ।

महानगरपालिकाले सबै घरधनीलाई करको दायरामा ल्याउने प्रयास गरिरहेको प्रवक्ता डंगोलको दाबी गरेका छन् । तर, तीन वर्षसम्म नगर प्रोफाइलका लागि बजेट विनियोजन गरे पनि सिन्को नभाँचेको महानगरले नगर प्रोफाइल नबनाइकन शतप्रतिशत घरधनीबाट बहाल कर उठाउँछु भन्नु ँखामा छारो हाल्नुमात्रै भएको महानगरबासी बताउँछन् ।

अहिले महानगरपालिका विगतमा भन्दा घरबहाल कर उठ्ने क्रम बढेकोमा भने दंग छ । विगतमा भन्दा धेरै उठ्न थालेको र बढ्दै गएको प्रवक्ता डंगोलले बताए ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु