Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

पुस ५ देखि शान्तिपूर्ण युद्धमा छौँ, अर्को पक्ष हतियारबद्ध भएर दबाउन खोज्दै छ : प्रचण्ड

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

पुस ५ देखि शान्तिपूर्ण युद्धमा छौँ, अर्को पक्ष हतियारबद्ध भएर दबाउन खोज्दै छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरु अहिले पनि शान्तिपूर्ण युद्धमा रहेको बताएका छन् । ‘जनयुद्ध’ र जनआन्दोलनका उपलब्धिहरु अपहरण गर्नेविरुद्ध नयाँ प्रकारको तर रक्तपातबिहीन युद्धमा आफूहरु रहेको उनको भनाइ छ । तर, अर्को पक्ष हतियारबद्ध भएर दबाउन खोजिरहेको उनको भनाइ छ ।

मंगलबार ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले उपलब्धि अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजे पनि त्यसविरुद्ध पुस ५ गतेदेखि देशव्यापी युद्ध जारी रहेको उनले बताए । केपी शर्मा ओली सरकार प्रतिनिधिसभा विघटन गरेर वर्षौंको आन्दोलनबाट प्राप्त उपलब्धि अपहरण गर्ने प्रयासमा लागेकाले शान्तिपूर्ण युद्ध आवश्यक भएको प्रचण्डले बताए ।

अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास रहेको उनले बताए । 'अदालतप्रति हाम्रो विश्वास छैन भन्न खोजेकै छैन । मैले हरेक सार्वजनिक सभामा भनेको छु, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ,’ उनले भने ।

सम्बन्धित खबरहरु