global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान

नोईदा- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गरेका छन् ।

इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि आह्वान गरेका हुन् ।

झण्डै १२ किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले सार्वजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताए ।

उनले सन् २०२२ मा भारतले ७५औँ स्वतन्त्रता दिवस मनाउने बेलासम्म महत्वपूर्ण पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्य लिएको जानकारी दिए ।

बुहुआयामिक यातायात प्रणालीले इन्धनको प्रयोग कम गराउनुका साथै आम नागरिकको पैसा र वातावरण पनि जोगाउने प्रधानमन्त्री मोदीको भनाइ थियो ।

उनले सार्वजनिक यातायात भन्दा व्यक्तिगत वा निजी सवारी साधन प्रयोग गर्दा प्रतिष्ठा बढ्छ भन्ने मानसिकतामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

उनले सार्वजनिक यातायातका साधनको प्रयोगलाई तल्लो दर्जाको रुपमा नहेर्न आग्रह गरे ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु