गृहपृष्ठ पूर्व वडाअध्यक्षको हत्या

पूर्व वडाअध्यक्षको हत्या

पूर्व वडाअध्यक्षको हत्या

रामेछाप — रामेछापको साविक डडुवा गाविस-२ का पूर्व वडाअध्यक्ष बाबुराम तामाङको गएराति हत्या भएको छ । तामाङ नेकपा एमालेबाट २०५४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार तामाङको शव साविक डडुवा १ को लप्सीखोलामा ढुंगाले किचिएको अवस्थामा भेटिएको छ। स्थानीयले तामाङको हत्या गरी गाडेको सूचना दिएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्यामा सम्लग्न भएको आशंकामा स्थानीय ११ जनालाइ पक्राउ गरेको छ। पक्राउ परेकालाइ जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको थापाले बताए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली तर्फ पठाइएको छ। घटनास्थलमा पुगेका थापाले विभत्स रुपले उनको हत्या भएको पाइएकोले घटनाको अनुसन्धान अघि बढाइएको बताए।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु