global ime bank Long Banner Ad

गृहपृष्ठ चिनीको फरक फरक मुल्य

चिनीको फरक फरक मुल्य

चिनीको फरक फरक मुल्य

पुस, १८- नेपाली बजारमा चिनीको नयाँ सिजन सुरु हुँदै गर्दा बजारमा चिनी सस्तिन थालेको छ । भारत तथा बंगलादेशबाट समेत चिनी आयात गरी बेच्न थालेपछि साल्ट ट्रेडिङले बेच्ने गरेको मूल्यभन्दा कममै पाइन थालेको हो।
साल्ट ट्रेडिङले प्रतिकेजी ८२ रुपैयाँमा चिनी बिक्री गर्दै आएको छ भने खुद्रा बजारमा व्यवसायीले ८० रुपैयाँमा नै चिनी बेच्न थालेका खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए। तराईको सीमा क्षेत्रमा झनै सस्तो पर्ने उनले बताए।

‘केही साताअघि प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको स्वदेशी उद्योगहरुले पर्याप्त उत्पादन गर्न थालेपछि मूल्य अझै सस्तो हुन सक्ने उनले बताए। होलसेलमा मुल्य ७५ रुपैयाँ रहेको जानकारी दिए। साल्ट ट्रेडिङको कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले मूल्य वृद्धि कम गर्नु उद्देश्य रहेको बताए।

‘भण्डारीका अनुसार ‘मूल्यको निर्धारण सरकारले गर्ने हो, , तत्काल व्यवसायीले घटाउँदैमा हामीले घटाउने अधिकार हामीसग पनि छैन । र गुणस्तरको हिसाबले हेर्ने हो भने पहिलो प्राथमिकता गुणस्तरलाई दिन्छौ तर व्यवसायीको पहिलो प्राथमिकता भनेको फाइदा हो । र विदेशबाट चिनी आयात गर्दा संस्थानलाई १३ प्रतिशत भ्याट तथा एक प्रतिशत भन्सार छुट दिइन्छ। संस्थाले वार्षिक रुपमा ५० हजार टन चिनी भारतबाट आयात गर्दै आएको छ। हाल संस्थानसँग करिब २२ हजार टन चिनी स्टकमा रहेको राजभण्डारीले जानकारी दिए।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु