गृहपृष्ठ पुरानै स्वरुपमा रानीपोखरी निर्माण हुने
पुरानै स्वरुपमा रानीपोखरी निर्माण हुने

पुस, २०- दुई दिनको उत्खननपछि बिहीबार बसेको समिति बैठकले रानीपोखरीमा एक फिट कालो माटा भर्ने र भत्किएको मल्लकालीन पर्खाल पुरानै स्वरुपमा बनाउने निर्णय गरे ।्
डिलमा बनाउन थालिएको कंक्रिट पर्खाल पनि भत्काउने निर्णय गरेको सदस्य सुदर्शनराज तिवारीले बताए ।
‘बालगोपालेश्वर मन्दिरमा जारी रहेको पुनर्निर्माण रोक्ने पनि समितिको निर्णय गरेको छ । मल्लकालीन स्वरुप, शैली र निर्माण सामग्री प्रयोग गरेरै रानीपोखरी बनाउने निर्णय गर्नुका दुई आधार रहेका छन्।
पहिलो, रानीपोखरीको पश्चिमपट्टि खन्दा करिब साढे तीन फिट गहिराइमै पानी फेला परेको छ। पानी उम्रिएको भाग सडक सतहभन्दा करिब १९ फिटमुनि छ। त्यही ठाउँमा कालो माटो र बालुवाको तह फेला परेको छ। ती आपसमा खप्टिएर छ तह बनेका छन्।
प्रकाशित समय : १९:५५ बजे