global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

पुस, २१- चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप नेपाल भलिबल संघको आयोजनामा आगामी फागुनमा हुने भएको छ ।
पत्रकार सम्मेलन गर्दै च्याम्पियसिपको बारेमा संघका अध्यक्ष मनोरंज रमण शर्माले १३ गतेदेखि १९ गतेसम्म हुने बताए

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष टोलीले रु एक लाख ५० हजार, दोस्रो रु एक लाख तथा तेस्रोले रु ६० हजार पुरस्कार पाउनेछन् । दुवै तर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही रु १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिनेछ ।

महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत÷वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनु भयो ।

नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेल कम्पनी हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले रु ४० लाख दिने सहयोग गर्नेछ ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु