nmb bank

गृहपृष्ठ शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

पुस, २१ -शालीनदी र साँखु बजारलाई शंखरापुर नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ । कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गर्ने ।
शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर—शालीनदी महोत्सवसमेत शुरु भएको
छ ।

विहिबार पत्रकार सम्मेलन गर्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले प्राचीन समयदेखि नै श्रीस्वस्थानीको व्रत बसेर कथा श्रवण गर्ने परम्पराको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस क्षेत्रमा माधवनारायण मन्दिर, विश्वम्भरा नारायण, बज्रयोगिनी मन्दिर, महालक्ष्मी मन्दिरको पुरानो इतिहास भएको भए पनि विसं २०७२ मा गएको भूकम्पका कारण जीर्ण बनेका मर्मत सम्भार तथा संरक्षणमा नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

संयोजक रञ्जीत कोइरालाले स्थानीय वेशभूषा, झाँकी, बाँसुरी तथा स्थानीय उत्पादनका साथै खानपिनलाई प्रचार गर्ने उद्देश्यले यही पुस १७ गतेदेखि आगामी माघ १८ गतेसम्म महोत्सव आयोजना गरिने जानकारी दिनुभयो ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु