nmb bank

गृहपृष्ठ जुनसुकै बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्न सकिने

जुनसुकै बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्न सकिने

जुनसुकै बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्न सकिने

काठमाडौं–के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले छिट्टै आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न पाउनु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने व्यवस्था गर्न लागेकाले यो संभव हुन लागेको हो ।
आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । जस्तो एनएमबी बैंकमा खाता हुनेले सानिमा बैंकबाट जम्मा गर्न सक्ने छ । खाता नम्बर एनएमबीको राख्नुपर्ने छ । शुल्क तिरेर हाल जुनसुकै बैंकको एटीएमबाट भुक्तानी लिन सक्ने व्यवस्था रहेकोमा रकम जम्मा गर्न बैंकमा नपुग्दा पनि हुने व्यवस्था कार्यन्वयनमा आउन लागेको हो ।

सम्बन्धित बैंकमा रहेको खाता नम्बरबाट रकम जम्मा गर्न सकिने व्यवस्था गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य गर्न लागेको उनले जानकारी दिए । यस्तो व्यवस्था गर्नका लागि आन्तरिक तयारी भएको उनले बताए । यो व्यवस्था छिट्टै लागु हुने सिवाकोटीको भनाई छ ।

अब राति १२ बजे पनि भुक्तानी गर्न सकिने व्यवस्थामा राष्ट्र बैंक लागेको उनले जानकारी दिए । विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी रुपमा लागु गर्न विद्युतीय भुक्तानी व्यवस्थाको ऐनको मस्र्यौदा तयार पारी सञ्चालक समितिमा पेश भएको उनले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि अर्थ मन्त्रालयमा पेश हुने र अर्थबाट स्वीकृति भएपछि कानूनी रुप दिन व्यवस्थापिका संसदमा पेश हुने सिवाकोटीले जानकारी दिए ।

राष्ट्र बैंकले शुक्रबार राजधानीमा आयोजना गरेको वित्तीय प्रविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गभर्नर सिवाकोटीले मानविय व्यस्तता बढ्दै गएको बताउदै बिजुली, खानेपानी, टेलिफोन, खाद्यनलगायत बस्तु खरिदको भुक्तानी सम्बन्धित ठाउँमा नगएर अब घर र कार्यलयबाट हुने व्यवस्था मिलाउनल लागेको बताए ।

उनले हाल १० लाख रुपैयाँ नगद कारोबार सीमालाई घटाउने तयारी भएको जानकारी दिए । बैंकिङ कारोबारलाई क्यासलेस बनाउने तयारी भएको उनले सुनाए । भुक्तानी हुन लामो समय लाग्ने गरेको बताउदै अब प्रविधिको प्रयोग गरेर तत्काल भुक्तानी हुने व्यवस्था मिलाउन लागेको उनले बताए ।

५ वर्षदेखि डिजिटल बैंकिङ करोबार सुरु भएको बताउदै उनले भुक्तनी फच्छ्यौट एउटा ठाउँबाट मात्र हुने गरी पेमेन्ट सेटेलमेन्ट विभाग राष्ट्र बैंकमा खडा गर्ने जानकारी दिए । उनले भुक्तानी फच्छयौट विनयमावली तयार पारी लागु गर्न लागेको उनले बताए । राष्ट्र बैंकले हालसम्म १३ वटा संस्थालाई भुक्तानी फच्छयौटको जिम्मा दिएको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु