global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

वीरगञ्ज-गत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ ।

प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए ।

जम्मा ६७ हजार ग्राहक रहेको पर्सा जिल्लामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत रु १३ लाख राजस्व उठाएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् ।

सरकारी तथा अन्य कार्यालयबाट रु ५० करोड बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु