global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विश्व बैंकबाट ४५ अर्ब सहुलियत ऋण दिने

विश्व बैंकबाट ४५ अर्ब सहुलियत ऋण दिने

विश्व बैंकबाट ४५ अर्ब सहुलियत ऋण दिने

काठमाडौँ-विश्व बैंकले तीनवटा परियोजना कार्यान्वयन गर्न ४४ अर्ब ८२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले व्यावसायिक शिक्षा तथा तालिम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आइतबार अर्थ मन्त्रालयमा सचिव शंकरप्रसाद अधिकारी र यहाँस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ यानले हस्ताक्षर गरे ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालिम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदाता निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

पशुपक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ ।

भूकम्प प्रभावित ९६ हजार निजी घर पुन:निर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनर्निर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यान्वयन गर्ने छ ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु