nmb bank

गृहपृष्ठ माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

माघ १० देखि खुकुरी टी–ट्वान्टी क्रिकेट

काठमाडौं- खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । माघ १० देखि फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए ।

इएनटीद्वारा आइतबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइ अनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही रु दश हजार पाउनेछन्

प्रकाशित समय : ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु