गृहपृष्ठ ६५ वर्ष मै वृद्धभत्ता
६५ वर्ष मै वृद्धभत्ता

काठमाडौं -बुधबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता वितरणका लागि नयाँ उमेर निर्धारण गरी ६५ वर्ष पुगेका व्यक्तिले वृद्धभत्ता पाउने भएका छन् । यसअघि ७० वर्षे पुगेरपछि बृद्धभत्ता दिने गरिएको थियो । नेपालमा बृद्धभत्ता दिने निर्णय पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए ।
सरकारले भूकम्प तथा बाढी पीडितको लागि दिने अनुदान रकम १ लाख रुपैयाँले बढाउने निर्णय गरेको छ । यसअघि भूकम्प पीडितलाई तिन लाख रुपैयाँ दिने निर्णय गरिएकोमा अब एक लाख थपेर चार लाख पुर्याइएको हो ।
प्रकाशित समय : ०९:२२ बजे