global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दुई अर्ब भन्दा बढी राजस्व संकलन

दुई अर्ब भन्दा बढी राजस्व संकलन

दुई अर्ब भन्दा बढी राजस्व संकलन

चितवन, आन्तरिक राजस्व कर्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ छ महिनामा गत वर्षको अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ ।
पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका बताए । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो ।

लक्ष्यभन्दा ११०।३७ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष पुस मसान्तसम्ममा रु छ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो ।विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको थियो । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए ।

विकास लगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उहाँले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु