गृहपृष्ठ चक्रे मिलनले पाए सफाई
चक्रे मिलनले पाए सफाई
काठमाडौँ -अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले मिलन गुरुङ ९चक्रे मिलन० सहित पा“च गण्डा नाइकेको सम्पत्तिबारे अनुसन्धान गरी २०७० साल जेठ ५ गते सात करोड भन्दा बढी रकमको विगो राखी विशेष अदालतमा मुद्दा दायर गरेको थिए ।
न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले आज विशेष अदालतले मिलन गुरुङ ९चक्रे मिलन० लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको अदालतका श्रेष्तेदार विनकुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तर्फबाट सरकारी वकिलले वहस गरेर दुवै पक्षको सुनुवाइ सकिएपछि गुरुङलाई सफाइ दिने फैसला सुनाएको हो ।
गुरुङसहित दीपक मनाङे ९राजीव गुरुङ०, गणेश लामा, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध एकै दिन अभियोगपत्र दायर भएको थियो । मनाङेले भने सम्पत्ति शुद्धीकरणमा यसअघि नै सफाइ पाइसकेका छन् ।
प्रकाशित समय : ०९:३८ बजे