global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

चौतारा- भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् ।

जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताए ।

दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको सो कार्यालयले जनाएको छ । पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने/नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताए ।

यसैबीच भूकम्पबाट जमिन चिराचिरा परी बस्नै नहुने ६३ परिवारलाई उपयुक्त स्थानमा घडेरी खरिद गरी स्थानान्तरण गरिएको छ । जोखिममा परेका बस्तीका पीडितलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सिलसिलामा बाह्रबिसे नपा १८ र इन्द्रावती गापाका ४३ सहित ६१ परिवारलाई घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट त्यस्ता परिवारका लागि घडेरी खरिद गर्न रु दुई लाखका दरले अनुदान दिने क्रममा पीडितले उपयुक्त ठानेको स्थानमा घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्रबहादुर मल्लले बताए ।

केन्द्रले जिल्लामा हालसम्म ५२१ परिवार जोखिमपूर्ण बस्तीमा रहेको तथ्यांक पठाएको उल्लेख गर्दै त्यसमा अझ बढ्न सक्ने सम्भावना रहेको प्रमुख मल्लले जानकारी दिए ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु