global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सहकारीमार्फत चिया खेतीमा रमाउँदै पूर्वप्रजिअ

सहकारीमार्फत चिया खेतीमा रमाउँदै पूर्वप्रजिअ

सहकारीमार्फत चिया खेतीमा रमाउँदै पूर्वप्रजिअ

भोजपुर- काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बनेका छन् । सिडिओ भएर विभिन्न जिल्लामा काम गरेका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थालेका हुन् ।
काठमाडौँ महानगरमा प्रमुखको रुपमा समेत सेवा गरिसकेका पूर्वसहसचिव राईको आजभोलि अधिकांश समय चियाको बिरुवा विस्तार, हेरचाह, कर्मचारी व्यवस्थापन लगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिएका राईले कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा विकास गर्न चाहेका छन् ।
राईले कृषि सहकारी संस्थामार्फत रु दुई करोड स्थीर पूँजीसहित कूल रु तीन करोडको लगानीमा यो कार्यको शुरुवात गरेका हुन् । नेपाली युवा रोजगारीको खोजीमा दिन प्रतिदिन विदेश गइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उनको भनाइ छ । खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताए ।
थामडाँडा टेम्के कृषि सहकारी संस्था लिको हाल अध्यक्ष रहेका राईले आफूसँगै १३ जनालाई रोजगारसमेत दिएका छन् । सहकारीका ओख्रे बगान, बतासे चिया नर्सरी, भन्ज्याङखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगान लगायत १६ वटा बगानमा छ लाख चियाको बिरुवा विस्तार गरेको बताउँदै राईले भने, ‘अझै बिरुवा विस्तार गर्ने सोचमा छु ।’
यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना तथा चिया खेतीको व्यावसायिकतामा जोड दिन उन्नति समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नति कार्यक्रमसँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यलाई तालीमसमेत दिइसकेका छन् । भोजपुरमा पछिल्लो समय उनको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसायतिर आकर्षित हुन थालेका छन् । राई सहकारीका साथै नेपाली काँग्रेसको राजनीतिमा समेत आबद्ध रहँदै आएका छन् । रासस

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु