काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

५ अर्बको ‘बम्पर प्याकेज’ 

11.63K
shares

काठमाडौं -नेपाल राष्ट्र बैंकले ५ अर्ब बराबरको ‘बम्पर प्याकेज’ आफ्ना कर्मचारीलाई सुविधा दिने तयारी गरेको छ
यो खबर आजको नागरिक दैनिकबाट लिएका हौ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रूपैयाँ बराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षक अन्तर्गत भत्तामा साढे १८ प्रतिशतको बृद्धिसमेत समेटेको छ । हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छन् ।
घरजग्गा सापटी रकम नयाँ कर्मचारीका लागि एकमुष्ठ हो भने पुरानाका लागि थप २७ लाख रूपैयाँ लिन पाउने कार्षक सुविधा हो । घरजग्गा सापटीसहित भत्ता बवृद्धिसमेत जोड्दा राष्ट्र बैंकलाई एकैचोटि ५ अर्ब रूपैयाँ बराबरको व्ययभार पर्नेछ ।
केन्द्रीय बैंकका कर्मचारी आबद्ध तीनवटा युनियनसंग छलफल गरेपछि बैंक सञ्चालक सदस्य रामजी रेग्मी संयोजक रहेको समितिले उक्त बम्पर प्याकेज सुविधा कार्यान्वयनका लागि मंगलबार सञ्चालक समितिमा सिफारिस गरेको छ ।