nmb bank

गृहपृष्ठ स्थापनाको दुई दशक पुरा गर्दै सिद्धार्थ विजनेश ग्रुप

स्थापनाको दुई दशक पुरा गर्दै सिद्धार्थ विजनेश ग्रुप

स्थापनाको दुई दशक पुरा गर्दै सिद्धार्थ विजनेश ग्रुप

बाँके । सिद्धार्थ ग्रुपले हस्पिटालिटी ब्यवसाय सुरु गरेको दुई दशक पुरा भएको छ । ब्यवसाय सुरु गरेको दुई दशक पुरा भएको अवसरमा ग्रुपले देशैभर बिभिन्न रचनात्मक कार्यक्रम गरेको छ ।
२० औं बार्षिक उत्सवको अवसरमा ग्रुपले कैलालीको बलचौरस्थित अनाथालयमा रहेका ११ जना अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै ३ महिनालाई पुग्ने चामलसहित दाल, तेल लगायत खाद्यान्न तथा त्रिपाल लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ ।
त्यसैगरी ग्रुप अन्तरगतको सामाजिक संस्था साकारले दुवै मृगौलामा गम्भीर सम्मस्या उत्पन्न भई काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका विरामी वसन्त कुँवरलाई नगद २० हजार ५०१ रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी ग्रुपको काठमाडौंस्थित तीनकुने शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा गु्रपका कर्मचारी, गेष्ट तथा लगानीकर्ताहरु गरी ३३ जनाले रक्तदान गरेका थिए । त्यस्तै गु्रपले सुर्खेतको बीरेन्द्रनगरस्थित देउती बज्यैैको मन्दिरमा सरसफाई गर्नुका साथै मन्दिरलाई फोहर ब्यवस्थापनमा सहयोग पुराउनका लागि डष्टबिन र बाल्टिनहरु उपलब्ध गराएको छ ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यवसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटेल, रिसोट, ट्रेड, इष्ट्रिच्युट र सहकारी गरी २० वटा शाखाहरु रहेका छन् ।


बार्षिक उत्सवका अवसरमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी अन्तरगतका सबै शाखाहरुहरुले आफ्ना गेष्टहरुलाई केक खुवाएर स्वागत गरेका थिए । गु्रपले बार्षिक उत्सवकै अवसरमा तीन दिनसम्म सबै शाखाहरुमा फुड र वेभरेजमा २० प्रतिशत छुट दिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
सरकारले गत साउन महिनामा आएको बाढीबाट प्रभावित भई कष्टपूर्ण अवस्थामा रहेका टीकापुरको बैदी–७ बैदीचोक क्षेत्रका करिब ७ सय तथा बाँकेको बैजापुरका करिब २ हजार जनालाई खाना खुवाएको थियो ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु