global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट

राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट

राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएकी छिन्।

सर्वोच्च अदालतबाट राष्ट्रपति भवनमा सपथ ग्रहणका लागि पुगेका प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवालयले पदमुक्त भएको जनाएको छ। जतिखेर उनलाई पदमुक्त भएको पत्र सार्वजनिक भएको थियो, त्यतिखेर राष्ट्रपतिको सपथ ग्रहण सुरु भएको थिएन।उनी पदमुक्त भएको पत्र कान्तिपुरले सार्वजनिक गर्दा राष्ट्रपति भवनमा औपचारिक कार्यक्रम सुरु भएकै थिएन।

न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई ुपदमा नरहेको जानकारीु गराउँदै न्याय परिषद सचिवायलमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गते नै ६५ वर्ष पूरा भइसकेको देखिएकाले सचिवस्तरीय निर्णयबाट पदमुक्त भएको उल्लेख छ। कान्तिपुरले पत्रसहित उनी पदमुक्त भएको सार्वजनिक गरेको थियो।

नियमित रुपमा उपस्थित भइ कार्य सम्पादन गर्न सहज नभएको भन्दै सर्वोच्च अदालतका आठ न्यायाधीशहरुले ५ दिन विदा मागेका छन्।चोलेन्द्रशम्शेर जवराले प्रधान न्यायाधीश गोपाल पराजुलीसँगको बेन्च बहिस्कार गरेपछि सर्वोच्च अदालतमा न्यायाधीशहरुबीच नै ध्रुविकरण देखिएको थियो।

दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाश राउत, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सपना प्रधानले विदाका लागि निवेदन दिएका छन्। उनीहरुले प्रधान न्यायाधीश पराजुलीलाई ुघर विदाुका लागि निवेदन दिएका हुन्।

आज प्रधान न्यायाधीश पराजुलीले राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ। सपथ ग्रहण गराउने दिन नै उनीहरुले विदा मागेर पराजुलीप्रति चर्को असन्तुष्टि जनाएका हुन्। यद्यपि, उनीहरुले प्रधान न्यायाधीशका विषयमा जवरालेजस्तो अभिव्यक्ति दिएका छैनन्।

न्यायाधीशहरुको निवेदनले प्रधान न्यायाधीश पराजुलीमाथि संकट थपिएको छ। सम्भवतस् सपथ ग्रहणपछि या एकरदुई दिनभित्रै पराजुलीले महत्वपूर्ण निर्णय लिने विश्लेषण गर्न थालिएको छ। आज न्यायाधीशहरुले लिएको ुस्टेपुले त्यही संकेत गर्छ।
विवादित प्रधान न्यायाधीश पराजुलीको विषयमा न्यायालयभित्र प्रस्ट रुपमा ध्रुविकरण देखिएको अवस्थामा आज विदा मागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिलाई पद तथा गोपनीयताको सपथ प्रधान न्यायाधीशले गराउँछन्।

प्रधान न्यायाधीश पराजुलीमाथि उठेका प्रश्नहरुले न्यायालयको अस्तित्वमाथि नै प्रश्न खडा भइरहेको अवस्थामा न्यायाधीश चोलेन्द्रशम्शेरले जवरा गत सोमबार बेन्चसमेत साझेदारी गर्न अस्वीकार गरेका थिए। जवराको ुविद्रोहुले सर्वोच्च अदालतमा न्यायाधीशहरुलाई ध्रुविकरण गर्न उत्प्रेरक भूमिका खोल्यो। फलश्वरुप हिजो मंगलबार ८ जना असन्तुष्ट न्यायाधीशहरुले तोकेको इजलास बहिस्कार गरे। उनीहरुले कुनै कारण नखुलाई न्याय सम्पादन बहिस्कार गरेका थिए।

तर, जवराले भने गत वर्षको साउनमै अवकाश पाइसक्नुपर्ने व्यक्तिसँग बसेर न्याय सम्पादन गर्न नसकिने जनाउँदै बहिस्कार गरेका थिए।
कान्तिपुर दैनिक र डाक्टर गोविन्द केसीको अदालतको अवहेलना मुद्दा स्वयम् प्रधान न्यायाधीश पराजुलीले आफ्नो इजलासमा राखेका थिए। पराजुली नै मुद्दाको एक पक्ष भएकाले त्यसमा सार्वजनिक बहसहरु समेत भए।

मुलुकको वित्तीय अवस्थामा नै असर पार्ने केही ठूला मुद्दामा सर्वोच्चले दिएको फैसलाले न्यायालयमाथि नै प्रश्न खडा भएको थियो।
विजमाण्डु

प्रकाशित समय : २३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु