global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना, २५मे.वा को वित्तिय सम्झौता

दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना, २५मे.वा को वित्तिय सम्झौता

दरवाङ्ग म्याग्दि जलविद्युत आयोजना, २५मे.वा को वित्तिय सम्झौता

काठमाडौं, फागुन ३ ।  म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता २०७४ फाल्गुण २ गते सम्पन्न भयो । सानिमा बैंक लि. को नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले रु. ३ अरव ५० करोडको ऋण लगानि गर्ने भएका हुन । कुल लगानि ५ अरव १४ करोड रहने परियोजनामा बाँकी स्वपुँजि रहनेछ भने निर्माण अवधिमा नै स्वपुँजिका ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरिनेछ ।
सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दि खोलामा २५ मेगावाटको जलविद्युत परियोजना आगामि ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । पानीको वहाभ ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ । दरबाङको डुकुगाउँमा रहेको खोलाको पानीलाई ५ कि.मि. सुरुङ्ग निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेक सम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादीत विद्युत १४ किलोमिटर लामो १३२ के.भि. ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।
परियोजनामा स्थानिय लगानिकर्ताहरुका साथै म्याग्दि जिल्लामा जन्मिएर प्रवासमा रहनु भएका लगानि कर्ताहरुको वाहुल्यता रहेको छ । एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दि ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको परियोजनामा एनआरएनएका एसिया प्रशान्त उप संयोजक विनोद कुँवर अध्यक्ष हुनुहुन्छ । एनआरएन हरुले देश विकाशमा योगदान दिएको एक उदाहरणको रुपमा यस परियोजनालाई लिन सकिन्छ ।
स्थानिय दरवाङ्ग क्षेत्रका साथै म्याग्दि जिल्ला हुदै समग्र राष्ट्र विकाशमा योगदान दिंदै समयमा परियोजना सम्पन्न गरि लगानिकर्ताहरुलाई उचित प्रतिफल दिने कम्पनीको लक्ष्य रहेको छ ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु