global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ २३ लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

२३ लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

२३ लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

जाजरकोट (रासस)- रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो । 

स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका स्थानीयवासीले सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्भेटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले योजना निर्माण गरिएको थियो ।

योजना निर्माण गरेको ५ वर्ष बित्न नपाउँदै अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताए । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफामुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो बन्न नसकेको विकको भनाइ छ ।

योभन्दा अगाडि यही ठाउँमा विश्व खाद्य कार्यक्रमबाट लाखाैंको योजना निर्माण भई सञ्चालनमा आएको १ वर्ष नबित्दै भत्किएको थियो । योजनाका पाइपहरु चोरी हुँदा पोखरी माटोले पुरिएको छ । पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने स्टिमेटमा भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ ।

पोखरी मात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ताहरु बताउँछन् । अहिले पुरै गाउँ सिँचाइको अभावमा समस्यामा परेको छ । तीन वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो बन्न नसकेको स्थानीयवासी बताउँछन् । अहिलेसम्म तीनवटा योजना सिँचाइकै परेका छन् । ती सबै योजनाका उपभोक्ता समितिका अध्यक्षसमेत एकै जना मात्र रहेका छन् ।

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु