global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सूर्योदय लघुवित्तको फागुन २४ देखि ७० प्रतिशत हकप्रद निष्काशन

सूर्योदय लघुवित्तको फागुन २४ देखि ७० प्रतिशत हकप्रद निष्काशन

सूर्योदय लघुवित्तको  फागुन २४ देखि ७० प्रतिशत हकप्रद  निष्काशन

काठमाडौं,  फागुृन ४  । सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। एक सय रुपैयाँको प्रतिशेयर २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको छ । फागुन २५ गतेदेखि चैत्र २८ गतेसम्मको लागि बिक्री खुल्ला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलले जनाएको छ। आवेदनको लागि ग्लोबल आइएमर्इ क्यापिटल जमल, सूर्योदय लघुवित्तको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

संस्थाको हालको पूँजी ६ करोड रुपैयाँ छ भने हालको चुक्ता पूँजी ४ करोड रुपैयाँ छ। चुक्ता पूँजी ६ करोड ८० लाख रुपैयाँ हकप्रद निष्काशनपछि पुग्नेछ। ७० प्रतिशत रुपैयाँ संस्थापकको र ३० प्रतिशत सर्वसधारणको हुनेछ।

संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा एक करोड एक लाख रुपैयाँ नाफा गरेको छ भने प्रतिशेयर आम्दानी ४२ रुपैयाँ छ। संस्थाको शेयर दोस्रो बजारमा सूचीकरण भएपछि अधिकतम १४७९ रुपैयाँ सम्ममा कारोबार भएको थियो। बिहीबार ९२९ रुपैयाँमा करोबार भएको थियो।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु