global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच सम्झौता

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

विहीवारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

प्रकाशित समय : ०५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु