nmb bank

गृहपृष्ठ माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा

माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा

माछापुच्छ्रेले ल्यायो सि–आस्बा सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सुविधालाई केन्द्रित गरी सम्पूर्ण बैंकका शाखाहरुबाट सि–आस्बा रजिष्टेशन नम्बर लिने व्यवस्था मिलाएको छ । बैंकले शुक्रबारदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली मार्फत आवेदन दिन पर्ने ब्यवस्था भएकाले बैंकले यस्तो सेवा सुरु गरेको हो ।

यस व्यवस्था पश्चात अब ग्राहकले यस बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्टे«शन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् । अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन समेत बैंकले अनुरोध गरेको छ ।

बैंकको सम्पूर्ण शाखाहरु मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदात मै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।

प्रकाशित समय : ०५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु