global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा

प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा

प्रबुद्ध समूहको बैठक आजदेखि काठमाडौंमा

काठमाडौं, ११ फागुन । नेपाल–भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित दुईपक्षीय प्रबुद्ध समूहको सातौँ चरणको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंमा शनिबारसम्म चल्ने यसपटकको बैठकमा यसअघिका बैठकमा भएका मौखिक र लिखित छलफलका आधारमा तयार पारिएको मस्यौदा आदान–प्रदान हुने स्रोतले जानकारी दिएको छ । प्रबुद्ध समूहमा नेपालको नेतृत्व पूर्व मन्त्री तथा कुटनीतिज्ञ डा। भेषबहादुर थापाले गर्नेछन् भने भारतीय समूहको नेतृत्व भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले गर्दै छन् ।
यसअघि गएको पुस २६ र २७ गते नयाँ दिल्लीमा भएको बैठकमा नेपाल–भारतबिच भएका पुराना सन्धि सम्भौताको पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो ।
यो पटकको बैठकमा त्यहि छलफलको आधारमा दुवै पक्षले तयार पारेको मस्यौदा आदान–प्रदान गरी अध्ययन गरिने र त्यसैमाथि छलफल गरिनेछ । दुई देशमा आलोपाली गरी बैठक बस्ने चलन अनुसार यसपटकको बैठक नेपालमा बस्न लागेको हो ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु