गृहपृष्ठ मन्त्रालय भागबण्डा : एमाले–१०, माओवादी– ७

मन्त्रालय भागबण्डा : एमाले–१०, माओवादी– ७

मन्त्रालय भागबण्डा : एमाले–१०, माओवादी– ७

काठमाडौं, ११ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रालयको टुंगो लगाएका हुन् ।  बैठकले दुई पार्टीलाई मन्त्रालयसमेत बाँडफाँट गरेको छ । एमालेलाई प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने गरी मन्त्रालय भागवण्डाको टुंगो लगाएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको भागमा अर्थ, रक्षा, पराराष्ट्र, सुचना तथा सञ्चारलगायत परेको छ भने माओवादीको भागमा गृह, जलस्रोत मन्त्रालयलगायतका मन्त्रालय परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताबारे छलफल गर्न एमाले–माओवादी कार्यदलको बैठक बसेको थियो । कार्यदलको बैठकअघि दुई अध्यक्षबीच मन्त्रिपरिषद् बिस्तार र पार्टी एकताबारे छलफल भएको थियो ।  कति मन्त्रालय बनाउने भन्ने बिषयमा टुंगो नलाग्दा तीन सदस्य मन्त्रिपरिषद् गठन भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । कति मन्त्रालय बनाउने भन्नेबारे दुई अध्यक्षबीच सहमती भएपछि शुक्रबारसम्म मन्त्रिपरिषद् बिस्तार हुने अपेक्षा गरिएको छ ।

माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली नेतृत्वमा फागुन तीन गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेको थियो । पार्टी एकता र मन्त्रालय लगायतका बिषयमा छलफल कायम रहेको भन्दै माओवादीले सरकारमा मन्त्री पठाएको छैन । फागुन सात गते पार्टी एकताका लागि सात बुँदे प्रारम्भिक आधारहरुमा एमाले माओवादीबीच हस्ताक्षर भएपछि माओवादी सरकारमा जान तयार भएको थियो ।

यसैबीच, दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच चैत्रको पहिलो साता पार्टी एकिकरण गर्ने सहमति भएको छ । पार्टी एकताका लागी राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदललाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । १५ दिनमा प्रतिवेदन बुझेपछि पार्टी एकीकरण गर्ने समय चैत्रको पहिलो साता पुग्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलिन संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएका हुन् । दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

  • प्रस्तावित मन्त्रालय
    एमालेको भागमा परेका मन्त्रालयहरु
    अर्थ तथा योजना
    परराष्ट्र
    रक्षा
    भौतिक पूर्वाधार तथा यातायात
    संघीय मामिला तथा सामान्य प्रशासन
    सूचना सञ्चार
    कानुन, न्याय तथा संसदीय मामिला
    पर्ययन
    शिक्षा तथा खेलकुद
    स्वास्थ्य तथा जनसंख्या
  • माओवादीको भागमा परेका मन्त्रालयहरु
    गृह
    जलस्रोत तथा ऊर्जा
    उद्योग, वाणिज्य तथा आपूर्ति
    शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
    वन तथा वातावरण
    कृषि, सहकारी तथा भूमि व्यवस्थापन
    श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु