global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी आइसियुमा

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी आइसियुमा

छोराले रड प्रहार गर्दा आमाको मृत्यु, बहिनी आइसियुमा

सिरहा, ११ फागुन । लक्ष्मीपुर ४ मा छोराको रड प्रहार बाट आमाको मृत्यु भएको छ । सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनी सुनिता कुमारी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घइते भएकी ज्ञान देवी दास र सुनिता कुमारी दास लाई उपचारका लागि बिराटनगर न्युरो हस्पिटल लगियो ।
त्यहा सामान्य चेकजांच गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो । आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ।
रड प्रहार गर्ने राम दास ततमालाई प्रहरिले पक्राउ गरेको छ ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु