काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद् बैठकः केन्द्रमा प्रधानमन्त्रीसहित १८ मन्त्रालय

11.21K
shares

काठमाडौं, ११ फागुन । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ ।  शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि ३० वटा रहेको मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।

अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ वटा रहनेछन् । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गर्नुभएको थियो ।