गृहपृष्ठ स्थायी कमिटी बैठकः मन्त्री छान्ने जिम्मा अध्यक्षलाई
स्थायी कमिटी बैठकः मन्त्री छान्ने जिम्मा अध्यक्षलाई

काठमाडौं, ११ फागुन । एमाले स्थायी कमिटीको बैठकले मन्त्री छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। पार्टी एकीकरण तथा मन्त्रीको नाम टुंगो लगाउन शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रीको सहमति जुट्न नसकेपछि छनोटको जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दिएको हो।
बैठकले सरकारमा सहभागिताका लागि संघीय समाजवादी फाेरम र राजपासँग पनि छलफल अगाडि बढाउने निर्णय गरेको छ। ‘संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसंग सरकारमा सहभागीताका विषयमा छलफल गर्ने निर्णय भएकाे छ’, बैठकका निर्णय सुनाउँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।
बैठकले माओवादी केन्द्रसँग गरेको पार्टी एकताका प्रारम्भिक आधारलाई अनुमोदन गरेको छ। यस्तै, माओवादी केन्द्रसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेकाले तत्काल कुनै पनि भातृसंगठनका अधिवेशन नगर्ने समेत बैठकले निर्णय गरेको छ।
प्रकाशित समय : १७:२४ बजे