गृहपृष्ठ ८ वर्षपछि थालियो सिटामोल उत्पादन
८ वर्षपछि थालियो सिटामोल उत्पादन

काठमाडौं, ११ फागुन । नेपाल औषधि लिमिटेडले झण्डै ८ वर्ष पछि सिटामोल उत्पादन थालेको छ । माघबाट उत्पादन शुरु गरेर बजारमा पठाउने भनिए पनि प्राविधिक कारणले बल्ल उत्पादनको काम थालिएको हो । सिटामोल उत्पादनका लागि सबै कच्चा पदार्थ भएपनि भारतबाट प्राविधिक नआउँदा काम रोकिएको थियो । भारतबाट प्राविधिक टोली आएर मेसिन जडान गरेसँगै सिटामोल उत्पादन हुन थालेको औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभस कुसुम सुवेदीले बताए ।
सरकारी स्वामित्वमा रहेको लिमिडेटलाई गत असोज २ को मन्त्रिपरिषद् बैठकले पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको थियो। विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तराष्ट्रिय मापदण्डअनुसार गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएपी) अनिवार्य गरेपछि सो उद्योग बन्द भएकाे थियाे।
बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । यसअघि लिमिटेडले गत वैशाख २४ गतेबाट जीवन जल उत्पादन गरी बजारमा पठाएको थियो।
सिटामाेल उत्पादन थालिए पनि बजारमा अाउन भने अझै केही समय लाग्नेछ । उत्पादित सिटामाेल गुणस्तर मापन विभागले ठीक छ भनेपछि मात्र बजारमा पठाने तयारी लिमिटेडले थालेकाे छ ।
प्रकाशित समय : १७:३७ बजे