काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

होली मर्यादित बनाउ प्रहरीको १०६ टोली परिचालन

13.13K
shares

काठमाडौं, १३ फागुन । रंगहरुको पर्व होली आउन अब ३ दिनमात्र बाँकी छ । त्यो त विधिवत रुपमा होली दुई दिन अघिदेखि नै शुरु भएको हो । बसन्तपुरमा चीर गाडिएसँगै होली शुरु भएको मानिन्छ । होलीलाई सभ्य र मर्यादित बनाउन प्रहरीले पनि सक्रियता देखएको छ । पछिल्लो समय होलीमा जर्वजस्ती रंग दल्ने, रंग छयाप्ने र लोला तथा पानी हाल्ने र उछृंखल ब्यवहार गर्न थालिए पछि त्यसविरुद्ध प्रहरीले पनि सक्रियता जनाउन थालेको हो ।

यस्ता गतिविधि गरिएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई प्रहरीले कडा कारवाहीगर्ने चेतावनी दिएको छ। होलीलाई मर्यादित बनाउन तथा होलीमा हुने अपराध नियन्त्रणका लागि प्रहरीका १ सय ६ वटा टोली काठमाडौंका गल्ली–गल्लीमा तैनाथ रहनेछन।
यस्तै २० वटा मोबाइल टोली र १५ सय थप सुरक्षाकर्मी काठमाडौंमा मात्र परिचालन हुनेछन्। महानगरीय प्रहरी परिसर काठमाडौंले होली सुरक्षाका लागि बिशेष अभियान आईतबारबाट सुरु भएको जनाएको छ।
परिसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी विश्वराज पोखरेलले इच्छा विपरित रंग दल्ने, छयाप्ने तथा मादक पर्दाथ पिएर हो–हल्ला गरे कडा कारवाहीगर्ने बताएका हुन। प्रहरीले काठमाडौंका विभिन्न १२ स्थानमा होली बिशेष कार्यक्रम गर्न अनुमति दिएको जनाएको छ।
होलीमा ट्राफिक नियम उलंघनगर्ने, सामाजिक आचरण विपरितका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको टोली गल्ली–गल्लीमा तैनाथ रहने छ।