global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकको एफपीओ रोकियो, सेयर बजार निरन्तर ओरालो

नेपाल बैंकको एफपीओ रोकियो, सेयर बजार निरन्तर ओरालो

नेपाल बैंकको एफपीओ रोकियो, सेयर बजार निरन्तर ओरालो

काठमाडौं ।  निरन्तर सेयर बजार ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । सेयर मूल्यमा गिरावट आउँदा एफपीओको मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो ।

चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको थियो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।बजार घटिरहेकोले एफपीओ तत्काल नल्याउने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए ।  उनले बजार सुधार भएर अनुकुल वातावरण बनेपछि मात्र एफपीओको प्रक्रिया अघि बढाउने उनको भनाई छ ।
फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो समयमा बैंकको सेयर मूल्यमा पनि निरन्तर गिरावट आई प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ । गत बैशाखमा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँसम्म पुगेको थियो । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ ।
सेयर बजार प्रतिकुल भएका कारण एफपीओ निष्कासन गर्न मर्चेन्ट बैंकर नियुक्ति नगरेको उनको भनाई छ । मर्चेन्ट बैंकर नियुक्त गरेर एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिने काम अहिले रोकिएको उनले जानकारी दिए । सैदान्तिक रुपमा एफपीओ निष्कासनको निर्णय भएपनि बजारमा प्रतिकुल अवस्था सिर्जना भएकाले केही ढिलाइ हुन गएको रेग्मीले भने ।

प्रकाशित समय : २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु