global ime bank Long Banner Ad

गृहपृष्ठ अाैद्याेगिक मेलामा १० करोडको कारोबार

अाैद्याेगिक मेलामा १० करोडको कारोबार

अाैद्याेगिक मेलामा १० करोडको कारोबार

काठमाडौं: काठमाडौंमा जारी १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा उल्लेख्य काराेबार भएकाे छ। आयोजक घरेलु तथा सामान उद्योग महासंघका अनुसार सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

चार दिनदेखि चलेकाे मेलामा १० करोड रुपैयाँ बराबरको कारोबार भइसकेको आयोजकले जनाएको छ। ‘नेपाली बस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा सहित आयोजना गरिएको मेलामा सबै जिल्लाको चिनारी गराउने प्रकारका उत्पादनहरू राखिएको छ। साथै भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनमा उत्पादन भएका सामाग्रीहरू पनि मेलामा प्रदर्शन गरिएको छ।

२५० वटा स्टलको व्यवस्था रहेको प्रदर्शनीमा आयोजकले दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले राखेको थियो।

प्रकाशित समय : ०२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु